काठमाडौ- भक्तपुरको सूर्यविनायकस्थित क्लिनिक वानले दुई सय जनालाई निःशुल्क व्लड प्रेसर तथा सुगर परीक्षण सेवा दिएको छ। स्थानीय सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरुको निःशुल्क परीक्षण सेवा दिइएको हो।
परीक्षणमा सहभागी भक्तपुर च्याम्हासिंहका ४० वर्षीया इन्दिरा राईले निःशुल्क परीक्षण गर्न पाएको खुशी व्यक्त गरिन्। उनले यस्तै शिविर भविष्यमा हुने आशा व्यक्त गरिन्। जिल्लाकै कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले जनसेवाको भावनाले युवाहरुले गरेको यस शिविरबाट लाभान्वित हुन पाउँंदा हर्ष लागेको बताए।
क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले क्लिनिक वानले विभिन्न संस्थाहरुसँंग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए। उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रुपमा सञ्चालन गर्दै जाने योजना रहेको बताए।