काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ चिकित्सक डा लक्ष्मीराज पाठकलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। प्रजातन्त्रवादी चिकित्सक संघले डा पाठकलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष वा समानुपातिकबाट उम्मेदवार बनाउन सिफारिस गरेको हो।
डा पाठक स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका हुन्।
प्रजातन्त्रवादी चिकित्सक संघले डा पाठकसहित ८ जना चिकित्सकलाई प्रतिनिधि र प्रदेश साभामा उम्मेदवार बनाउन सिफारिस गरेको छ। नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले कांग्रेसका सभापती शेरबहादुर देउवालाई ८ जना चिकित्सकलाई प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो।
यी हुन् संघले सिफारिस गरेका आठ चिकित्सक
१. डा केदार नरसिंह केसी : डा केसीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
२. डा मुक्तिराम श्रेष्ठ : डा श्रेष्ठलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ अर्घाखाँचीबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
३. डा मोदनाथ मरहठ्ठा : डा मरहठ्ठालाई प्रदेश साभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोरखा २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
४. डा अन्जनीकुमार झा : डा झालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महोत्तरी ४ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
५. डा मनोहर दिन सैयद : डा सैयदलाई प्रतिनिधि सभा समानुपातिक तर्फ काठमाडौं-६ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
६. डा सन्तोष उपाध्याय : डा उपाध्यायलाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अछामबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
७. डा अजय शाह : डा शाहलाई प्रदेश शभा प्रत्यक्ष तर्फ धनुषा-४ मा सिफारिस गरिएको छ।
८. डा लक्ष्मीराज पाठक : डा पाठकलाई कैलाली क्षेत्र नम्बर ४ मा प्रत्यक्ष वा समानुपातिकमा सिफारिस गरिएको छ।