काठमाडौं- डा सर्वेश शर्माले व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी सम्हालेका छन्। गत साता नै सरुवा भए पनि हिजो मात्रै पत्र पाएका शर्माले आज कार्यभार सम्हालेका हुन्।
मन्त्रालयले ट्रमा सेन्टरमा डा रुद्र मरासिनी र व्यवस्थापन महाशाखामा डा शर्मालाई सरुवा गरेको थियो।
मन्त्रालय स्रोतका अनुसार पत्र निदन भन्दै दबाब आएपनि अन्तत: मन्त्रालयले आफूले गत बुधबार गरेको निर्णय अनुसार नै अगाडि बढेको छ।
'मन्त्रालयले गरेका निर्णयमा माथिबाट दबाब आउँदै रोकिने क्रम बढ्न थालेपछि सर्वत्र विरोध भएको थियो,'स्रोतले भन्यो, 'मन्त्रिस्तरिय निर्णय समेत कार्यान्वयनमा आउन नसक्ने भन्दै मन्त्रीकै आलोचना हुने अवस्था आएपछि यो पटक भने दबाबका बाबजुत पनि मन्त्रालय आफ्नो निर्णयमा अडिग भएको हो।'
