काठमाडौं- नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संस्था राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ तीन जनाको नाम सिफारिस गरेको छ।
महासंघले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामानुपातिक सदस्यका लागि डा गणेश गुरुङ, डा झलक शर्मा गौतम र तारा पोखरेलको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए।
डा गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति हुन्। डा गौतम स्वास्थ्य सेवा तर्फका १०औं तहका कर्मचारी हुन्। उनी उमेरका आधारमा अवकास पाउन लागेका छन्। पोखरेल नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष हुन्।
प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ।