काठमाडौं- जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा निर्वाचन हुने भएको छ। अध्यक्षसहित १४ सदस्य कार्यसमितिमा अन्य सबै पदमा भने निर्विरोध भएको छ।
अध्यक्षमा दुई जना प्रतिस्पर्धी भएपछि २५ गते शनिबार निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार शनिबार बिहान १० देखि २ बजेसम्म चिकित्सक संघको छैठौं तल्लामा निर्वाचन हुने छ।
अध्यक्षमा डा भोलाराम श्रेष्ठ र डा पुष्पमणि खराल प्रतिस्पर्धामा छन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा सञ्जिब तिवारी, उपाध्यक्षमा डा सर्वेश शर्मा, महासचिवमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा सुरेश नेपाल, सहसचिवमा डा विकास गौचन र सहकोषाध्यक्षमा डा रोहिन्द्र पाण्डे निर्विरोध भएका छन्।
यसैगरी, सदस्यहरुमा डा आरती शाह, डा विनोद दंगाल, डा सञ्जयकुमार गुप्ता, डा सन्तोष बास्तोला, डा तिर्थमान श्रेष्ठ र डा त्रिभुवनचन्द्र झा निर्विरोध भएका छन्।