काठमाडौं- नेशनल रेजिडेन्ट डक्टर एसोसिएसनले कार्यस्थलमा दुर्व्यवहारमा परेका डा करण साहलाई न्याय दिलाउन माग गरेका छन्।
बिहिबार विज्ञप्ति जारी गर्दे एसोसिएसनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संशोधन २०७९ लाई कडा रुपमा कार्यान्वयन गरीस् डा साहका आक्रमण गर्ने व्यक्तिलाई कानूनी कनरबाही गर्न माग गरेको छ।
दोषीलाई कारबाही गर्नुको साटो राजनीतिक पहुँच, सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कुटाइ खाने पीडित चिकित्सकलाई झुटा आरोप लगाएर मुद्धा दर्ता गरिएको एसोसिएसनको भनाइ छ।