काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूहको सदस्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत मेघनाथ धिमाल मनोनित भएका छन्।
परिषदको अनुसन्धान विभाग प्रमुख समेत रहेका धिमाल स्वास्थ्य र जलवायु परिवर्तनको वातावरणीय निर्धारक विषयमा विशेषज्ञ समूह सदस्यमा मनोनित भएका हुन्।
धिमालले सदस्य मनोनितको आधिकारिक पत्र पाइसकेको जानकारी दिए। भने, 'यो एउटा गर्व गर्ने विषय हो। मलाई आएको जिम्मेवारी पूरा गर्न लाग्नेछु।'