काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १६८ जना निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार ४ हजार ४०१ नमुना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।