काठमाडौं- जिल्ला अस्पताल दार्चुलाका चिकित्सहरुले बिहीबारदेखि १ बजेसम्म मात्रै ओपीडी सेवा दिने भएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहमाथि भएको हातपातको विरोधमा उनीहरुले ओपीडी सेवाको समय आधा घटाई १ बजेसम्म मात्रै संचालन गर्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुको साटो उल्टै झुटा मुदा लगाई पक्राउ पुर्जी जारी गरिएको भन्दे उनीहरुले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। अस्पतालको आकस्मिक सेवा भने संचालन हुनेछ।
