धनगढी- डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षिय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।
बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको थियो। भदौ २० गते जिल्ला अस्पताल दार्चुलामा जाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिए। जिल्ला अस्पतालमा चेकजाँच गर्दा ति बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनासाथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तरआफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेको अस्पतालले जनाएको छ।
आफन्तहरुले अन्य ठुलो अस्पताल लैजाने भन्दै बिरामी बालिकालाई अस्पताल नलगेर पुनः घरमै लगेको खुल्न आएको छ। बालिकालाई घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा बिहिबार विहान ५ बजेतिर उनको मृत्यु भएको बताइएको छ।