काठमाडौं- नेपाल चिकित्सक संघले आन्दोलका कार्यक्रम स्थगित गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण साहमाथि पक्राउ पुर्जी जारी भएपछि संघ आन्दोलित भएको थियो।
डा साहमाथि बाल हिंसा सम्बन्धी मुद्धा परेपछि जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी गरेको छ। संघले पक्राउ पुर्जी खारेजीको माग गर्दे आन्दोलका कार्यक्रम सार्वजनिक गरेको थियो।
डा साहमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेकोले संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको महासचिव डा बद्री रिजालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
विज्ञप्तिमा अस्पताल वा स्वास्थ्य संस्थामा उपचारको क्रममा हुने कुनै पनिघ टनालाई लिएर बिरामी वा बिरामीका आफन्तलाई कुनै शंका उत्पन्न भए मुलकी अपराध (संहिता) अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने प्रावधान रहेकोले चिकित्सकहरुलाई सिधै पक्राउ पुर्जी जारीगर्नुको सट्टा समितिको सिफारिस बमोजिम कानूनी कारवाही अगाडी बढाउन अपिल गरिएको छ।
