काठमाडौं- डा तोसिमा काकीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।
घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिने कार्कीले बताइन्।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।