काठमाडौं- नेपाल चिकित्सक संघका आजीवन सदस्य डा कुमार शमशेर राणाको निधन भएको छ। नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान दिएका राणाको शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ। डा राणाको निधनप्रति संघले दुःख व्यक्त गरेको छ।
राणको निधनले अपूरणीय क्षति पुगेको भन्दै संघका महासचिव डा बद्री रिजालले विज्ञप्तिमार्फत नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा दिएको अतुलनीय योगदान सबैको मानसपटलमा स्मरणयोग्य रहने जनाएका छन्।