काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
सम्मेलन असोज १ गते हुने भएको छ। सम्मेलनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सम्मेलनले संघको अध्यक्ष, तीन जना उपाध्यक्ष, एक महासचिव, तीन सचिव र १ कोषाध्यक्षसहित ५१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ।