काठमाडौं- नेशनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) १८ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा एनआरएलले १४ जना आपूर्तिकर्तालाई सम्मान गरेको छ।
नयाँ बानेश्वरमा रहेको एनआरएलले १७औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रयोगशालाका लागि आवश्यक पर्ने मेशिन तथा रिएजेन्ट आपूर्ति गर्ने उत्कृष्ट १४ जना आपूर्तिकर्ताहरुलाई सम्मानित गरेको हो।
सम्मानित हुनेहरुमा सुदिप इन्टरनेशलन प्रालिबाट प्रबन्ध निर्देशक भक्त हमाल, इष्टवेष्ट इन्टरनेशनल प्रालिबाट प्रबन्ध निर्देशक शेरसिंह श्रेष्ठ, चामुण्डा ट्रेडिङ हाउसबाट प्रबन्ध निर्देशक शैलेश कँडेल, वेब ट्रेडिग कन्सर्न प्रालिबाट प्रबन्ध निर्देशक रामिन्द्र न्यौपाने, ओम सर्जिकल कन्सर्नबाट उद्धव भण्डारी, एभरेष्ट ट्रेड लिंकबाट प्रबन्ध निर्देशक हरि थापा, बी एस आर बायोटेक प्रालिबाट नविन कोइराला रहेका छन्।
त्यसैगरी सनराइज सर्जिकल हाउसबाट सिताराम कार्की, भिट्रो डायग्नोष्टिक कन्सर्नबाट सुभाष अर्याल, टेक्निका इन्टरनेशनल ट्रेड कन्सर्न प्रा.लि.को तर्फबाट कुमार कोइराला, श्री रानी सति ट्रेडिङबाट दिनेश कनोडिया, लाइफ साइन्स सोलुसन्स प्रालिबाट दिलिप पौडेल, टेक्नो बायोमेड प्रालिबाट महेन्द्र बडुवाल र आरआरसी प्रिन्टिङ हाउसबाट राजेश महर्जन पनि सम्मानित भएका छन्।
एनआरएलका अध्यक्ष राजन मानन्धरले स्वास्थ्य सामाग्री आपूर्तिकर्ताहरुले उपलब्ध गराएको सामानको आधारमा बिरामीहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सफल हुने उल्लेख गर्दै आपूर्तिकर्ता र प्रयोगशाला सञ्चालक दुवै एउटै परिवारको रुपमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
त्यसैगरी एनआरएलका प्रबन्ध निर्देशक किशोर खनालले लगभग ८० प्रतिशत ल्याब रिपोर्टका आधारमा बिरामीले सही उपचार प्राप्त गर्ने भएकाले ल्यावमा सामान आपूर्ति गर्ने आपूर्तिकर्ताहरुको भूमिका महत्वपूर्ण भएको बताए।
२०६२ सालमा स्थापना भएको एनआरएलले भरतपुरमा २०६६, पोखरामा २९६७, विराटनगर २०६७, र बिर्तामोडमा २०७० देखी गुणस्तरीय प्रयोगशाला स्थापना गरी सेवा प्रवाह गरिरहेको छ।