कठमाडौं- टोखास्थित गीनलाइफ हेल्थकेयर पोलिक्लिनिकलाई सामुदायिक अस्पतालमा रुपान्तरण गरिने भएको छ। टोखा—७ तिलिङटारस्थित रहेको उक्त पोलिक्लिनिकलाई स्थानीय चिकित्सकहरुको पहलमा समुदायमा आधारित अस्पताल बनाउने तयारी अगाडि बढाइएको हो। शुक्रबार ‘टोखा डक्टर्स मिट—२०७९’ मार्फत भएको स्थानीय चिकित्सकहरुको बैठकले पोलिक्लिनिकलाई समुदायमा आधारित अस्पताल बनाउने निर्णय गरेको हो।
पोलिक्लिनिक व्यवस्थापनले स्थानीय चिकित्सकहरु आवद्ध समुदायमा आधारित अस्पताल बनाउन पहल गर्नका लागि उक्त बैठक आयोजना गरेको थियो। बैंठकको सभापतित्व ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा। रोशन भट्टराईले गरेका थिए। जसमा प्रमुख अतिथीका रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी रहेका थिए।
विशिष्ट अतिथीका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की रहेका थिए। अन्य अतिथीहरुमा टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल रहेका थिए। अस्पताल स्थापनाको अवधारणा र मोडलको विष्यमा भावी कार्ययोजनासहितको प्रस्तुती डा क्षितिज सापकोटाले दिएका थिए।
नगरप्रमुख प्रकाश अधिकारीले आफ्नै समुदाय र वरपर बसोबास गर्ने र कार्यरत रहेका चिकित्सकद्वारा समुदायको शेयरसहित व्यवसायमुखी भन्दा पनि सेवामुखी तरिका सेवा दिन अस्पतालको रुपमा स्तरोन्नति गर्ने योजनालाई सहयोग गर्ने बताए।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले ग्रीनलाइफ हेल्थ केयरको समुदायमा लक्षित सोचरहेको भन्दे आफै वा आफ्नै आफन्तलाई पनि बिरामी भइ उपचार गराउन परेमा आफ्नै अस्पताल भएमा धेरै सहज हुने बताए।
