महोत्तरी-महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन्।
गाउँ नजिकैको वनको झाडीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो।
घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ। चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। रासस