काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्।
जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन्।