काठमाडौं- बाग्लुङ नगरपालिका वडा न १४ नारायणस्थान स्वास्थ्यचौकीले नेपाल सरकारले निर्धारण गरेको आधारभूत न्युनतम स्वास्थ्य सेवा मापदण्डको स्कोरिङमा प्रथम पटकमा नै ७९ प्रतिशत ल्याउन सफल भएको छ।
बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय बाग्लुङ र फेयर मेड फाउन्डेशर बिवाईसी, बाग्लुङको सहयोगमा न्यूनतम् स्वास्थ्य सेवा मापदण्डको स्कोरिङ गर्दा ७९ प्रतिशत अंक ल्याएको हो। स्वास्थ्यचौकी व्यवस्थापन समिति, संस्थाका कर्मचारीहरूको उपस्थितीमा भएको उक्त कार्यक्रमका फोकल पर्सन स्वास्थ्य कार्यालय बाग्लुङमा कार्यरत देव प्रकाश घिमिरेले २५८ वटा सूचकहरुलाई आधार मानी स्कोरिङ गर्दा संस्थाले २०४ वटा सुचकमा गुणस्तरीय सेवा दिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले स्वास्थ्यचौकी व्यवस्थापन समिति र कर्मचारीहरूको प्रयासले संस्थाले राम्रो अंक ल्याएको उल्लेख गर्दै अब फेरि ६ महिनापछि गरिने स्कोरिङमा ८५ प्रतिशत कटाउने विश्वास व्यक्त गरे। व्यवस्थापन समिति अध्यक्ष चक्र बाहादुर खत्रीको अध्यक्षतमा सम्पन्न कर्यक्रममा समिती सदस्य कमल कुमार जिसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण प्रमुख जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले गरेका थिए।