काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा विगत लामो समय देखि हुन नसकेको विद्यार्थी कल्याण समाजकोनिर्वाचन सम्पन्न भएको छ। हरेक २ २ वर्षमा सम्पन्न हुनुपर्ने निर्वाचन ७ वर्षपछि मात्र सम्पन्न भएको छ।
कुल २७ सदस्य रहेको समाजमा १९ सदस्यहरु निर्वाचनबाट चयन भएका छन् भने बाँकी सदस्यहरु भने निर्विरोध निर्वाचित भएका हुन्। कुल मत १०२३ मध्ये ५४४ मत ल्याएर ओम शान्ति रजक अध्यक्ष पदमा निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा यादव अर्याल उपाध्याक्षमा डा अच्युत शर्मा न्यौपाने, एंजिला कुंवर, मिरा देवी आचार्य र अमिशा बराईली चयन भएका छन्।
महासचिवमा सलमान हैदर हुसेन चयन भएका छन् भने सचिवमा जमुना बन र कोषाध्यक्षमा सुदर्शन साह चयन भएको सह-प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।