काठमाडौं- कान्ति बाल अस्पतालको अध्यक्षमा डा बाबुराम गौतम र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।
भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा कान्ति अस्पताल विकास समितिको अध्यक्षमा डा गौतमलाई नयुक्त गरेको हो। उनलाई दुई वर्षको पदावधि रहने गरी समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
यस्तै मानसिक अस्पताल विकास समितिको अध्यक्षमा तुलाधर नियुक्त भएका छन्। भदौ २१ गतेकै मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा तुलाधरलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो।
उनको पदावधि दुई वर्षको हुनेछ।
यसैगरी भदौ २१ गतेकै मन्त्रिपरिषद् बैठकले कान्ति अस्पताल विकास समितिको सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरेको छ।
उनलाई पनि दुई वर्ष पदावधि रहने गरी समितिको सदस्यमा नयुक्त गरिएको हो।