काठमाडौं- नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्। मंगलबार भएको संघको प्रदेश साधारण सभा तथा दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएका छन्।
संघको उपाध्यक्षमा तिर्थराज कलौनी, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सह–सचिवमा ठक्कर बोकटी, कोषाध्यक्षमा डम्मरी पनेरु चयन भएका छन।
यस्तै, सदस्यमा रमेश पाण्डेय, बसन्तबहादुर धामी, शेषकान्त राना, विनोद कन्जाडे, हरिद्धारी कठरिया, गौतम ऐर, कासीराम डंगौरा, ध्रुवबहादुर विष्ट र दिनेशकुमार खडका चयन भएका छन।
यस्तै संघको सल्लाहकारमा प्रदेश आयुर्वेद्ध चिकित्सालयका निमित्त निर्देशक डा खगेन्द्र बम, दीपकराज पन्त र डाक्टर दुर्गाप्रसाद ढुङ्गाना चयन भएका छन।