काठमाडौं- चिकित्सा शिक्षा आयोगले टिएसएलसी अन्तरगतका शिक्षण संस्थाको स्तरोन्नति विधि, प्रकृया र पद्दतिको आधारमा गरिएको जनाएको छ। टिएसएलसी स्तरोन्नति संघर्ष समितिले आन्दोलनका कार्यक्रमसहित ध्यानाकर्षण पत्र बुझाएपछि आयोगले शिक्षण संस्थाको स्तरोन्नति विधि, प्रकृया र पद्दतिको आधारमा गरिएको जनाएको छ।
आयोगका सदस्यसचिव डा भोजराज शर्मा काफ्लेले विभिन्न कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति भएका ६५ वटा शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट स्थलगत अनुगमन गराई प्रतिवेदनसहित सिट निर्धारणका लागि आयोगमा प्राप्त भएपछि प्रकृयागतरुपमा भेरिफिकेशन गरी सिट निर्धारण गरिएको जनाएका छन्।
विधि, प्रकृया र पद्दतिको आधारमा आयोगले कार्य सम्पादन गरिरहेको र विभिन्न निराधार कारण देखाई आयोगलाई समेत विपक्षी बनाएर गरिने विरोधका कार्यक्रमले आम सरोकारवाला र विद्यार्थीहरुमासमेत अन्यौल सिर्जना हुने भएकाले यस्ता कार्यक्रम नगर्न उनले आग्रह गरे।
उनले यस शैक्षिक सत्रमा पूर्वाधार पुरा नभई सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाले तोकिएको पूर्वाधार पुरा गरेमा आगामी शैक्षिक सत्रका लागि पुनः निवेदन दिन सक्ने समेत बताए।
टिएसएलसी स्तरोन्नति संघर्ष समितिले भदौ २० गते आन्दोलनका कार्यक्रमसहित शिक्षण संस्थाको स्तरोन्नतिप्रति विरोध जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका थिए।
आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६५ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको थियो।
चिकित्सा शिक्षा ऐनमा प्रमाणपत्र तहभन्दा मुनिका सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद सहायक, आम्ची र अकुपञ्चर विषयको शैक्षिक कार्यक्रम फेजआउट गर्ने व्यवस्था छ। ऐनमा यी कार्यक्रम चलाउने शिक्षण संस्थाले दुई वर्षभित्र प्रमाणपत्र वा सो सरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने सक्ने व्यवस्था थियो।
सीटीईभीटीले सोही व्यवस्था अनुसार १२२ वटा संस्थाको स्तरोन्नतिका लागि आयोगमा सिफारिस गरेको थियो। तर आयोगले केही संस्थाको अनुगमन र कलेजहरुको कागजपत्र लगायतका विषय अध्ययन गरेर ६६ वटा संस्थालाई मात्र प्रमाणपत्र वा सोसरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने अनुमति दिएको हो।
कार्यकारी समितिको भदौ १० गतेको निर्णयबाट कार्यक्रमगत सिट निर्धारण गरिएको हो।
यी हुन् सिट निर्धारण भइ कक्षा संचालनको अनुमती पाएका शिक्षण संस्था: