काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ।