काठमाडौं- साझा स्वास्थ्य सेवा सहकारी संस्थाको महाप्रबन्धकमा चुडामणि भण्डारी नियुक्त भएका छन्। संस्थाको ५८ वर्षको इतिहासमा पहिलो पटक खुला प्रतिष्पर्धाबाट महाप्रबन्धक नियुक्त गरिएको हो।
भण्डारीलाई साझा स्वास्थ्य सेवा सहकारी संस्थाको सञ्चालक समितिले प्रतिस्पर्धाका आधारमा नियुक्त गरेको हो। महाप्रबन्धकका लागि समितिले सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो।
आवेदन दिने मध्ये योग्यता पुगेका चार जना प्रतिस्पर्धीमध्ये भण्डारी नियुक्त भएका हुन्। भण्डारीले शुक्रबार नै पदबहाली गरेका छन्। महाप्रबन्धकको कार्यकाल चार वर्षको हुनेछ।
भण्डारी स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका कर्मचारी हुन्।