काठमाडौं - धनगढीमा अनसनरत डा गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
सोलिडारिटी फर डाक्टर केसी अलाइन्सको आव्हानमा शनिबार उक्त प्रदर्शन गरिएको हो। जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्व सम्बन्धी कानून खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर चिकित्सकहरुले प्रदर्शन गरेका थिए।
डा केसी विभिन्न सात बुँदे माग राखी धनगढीमा ६ दिनदेखि अनसनमा छन्।