काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको केन्द्रिय अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्।
संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्।
यस्तै, संघको उपाध्यक्षमा डा नवीन पोखरेल, डा रक्षा श्रेष्ठ र डा रञ्जीत झा चयन भएका छन्। सचिवहरुमा डा छवि पन्थी, डा मिलन गैरे र डा कृष्टिना श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा डा सुनिल गजुरेल चयन भएका छन्।
प्रदेश इन्चार्जहरुमा १ नम्बर प्रदेशबाट डा प्रमोद बराल, मधेश प्रदेशमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदिस थापा, उपत्यकामा डा कालुसिंह खत्री, गण्डकीमा डा डेविड श्रेष्ठ, लुम्बिनीमा डा सागर न्यौपाने, कर्णालीमा डा कविराज पौडेल र सुदूरपश्चिममा डा निरज अर्याल निर्वाचित भएका छन्।
सदस्यहरुमा डा दिपेन्द्र पाण्डे, डा मदन न्यौपाने, डा गोविन्द भण्डारी, डा उदयनारायण सिंह, डा प्रकाश ज्ञावली, डा विनोद खानाल, डा अमन न्याैपाने, डा डेविड श्रेष्ठलगायत ४२ जना छन्।