काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको घटक संगठन राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट डा गौतम अध्यक्षमा निर्वाचित भएका हुन्।
संघको उपाध्यक्षहरुमा डा रणजितकुमार झा, डा नबीन पोखरेल र डा रक्षा श्रेष्ठ निर्वाचित भएका छन्। संघको महासचिवमा भने डा पुष्पमणि खराल निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवहरुमा डा मिलन गैरे, डा छवि पन्थी, डा क्रिष्टिना श्रेष्ठ निर्वाचित भएका छन्। कार्यसमितिमा ४२ जना केन्द्रीय सदस्य चयन भएका छन्।
सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ। केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ। यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ।