काठमाडौं- न्याम्स का नालायक पदाधिकारीले अस्पताल सुधार र प्रतिष्ठान सुधार गर्ने नसकेको भन्दै सयुक्त ट्रेड युनियनले असक्षम पदाधिकारी कार्यालयमा ताला लगाएका छन्।
कर्मचारीहरुले लामो समयदेखि विभिन्न ४४ बुँदे माग राख्दै आएका थिए। प्रधानमन्ती, स्वास्थ्य मन्ती, स्वास्थ्य सचिव समक्ष पनि कर्मचारीले माग पेश गरेका थिए।
स्वास्थ्यमन्त्री र सचिवमार्फत सिनेट र न्याम्स कार्यकारीबाट सम्बन्धित माग पूरा गराउन न्याम्स पदाधिकारीलाई निर्देशन दिन अनुरोध गरेको तर न्याम्स पदाधिकारी भने कर्मचारीको आवज नसुनेपछि तालाबन्दी गर्नुपरेको जनाइएको छ।

