काठमाडौं- लगातार दुईदिन सयभन्दा कममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमध्ये ५९ जनामा संक्रमण पुष्टि भएको छ।
यस अवधिमा एक सय ६१ जना संक्रमणमुक्त भएका छन्। यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो। सक्रिय संक्रमितको सङ्ख्या एक हजार ८३० रहेको छ।
संक्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन्। विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन्।