काठमाडौं- नेपालमा डेंगु संक्रमणबाट साउन यता मात्रै १३ जनाको मृत्यु भएको छ। यस्तै दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ साउनदेखि २ असोजसम्म १३ हजार ७ जनामा डेंगु संक्रमणबाट बिरामी भएका हुन्।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा २०६१ सालबाट नेपालमा देखिन थालेको हो। डेंगुबाट सबैभन्दा बढी बागमती र त्यसपछि लुम्बिनी प्रदेश प्रभावित भएका छन्। डेंगु ७५ जिल्लामा फैलिएको छ।