मधुमेह भन्नाले एक मेटाबोलिक बिकार हो। जसमा रगतमा रकेको चिनीको मात्रा: विशेषगरी ग्लुकोजको मात्रा अत्याधिक रुपमा बढ्दछ। मधुमेह मुलत दुई किसिमले लाग्नसक्छ: एक चिनीको मात्रा नियन्त्रणगर्ने हर्मोन "इन्सुलिन" को उत्पादनमा कमि वा इन्सुलिनले ग्लुकोज माथि गर्ने प्रतिक्रियामा आँच आउनु। गएको २० वर्षमा मधुमेहको बिरामीहरुमा उल्लेखनीय रुपमा बढेको छ। आज मधुमेह विश्वमै एक डरलाग्दो समस्याको रुपमा स्थापित भैसकेको छ। यो विश्वब्यापी सामुदायिक स्वास्थ्कोय विषय बनिसकेको छ।
नेपाल पनि यो भयाभह स्तिथिबाट अछुतो रहन सकेको छैन। नेपालमा केहि सोधपत्र मार्फत गरिएको खोजले मधुमेहको व्यापकता १० प्रतिशतको हाराहारी रहेको जनाए पनि बढ्दो सहरीकरण, जिवनशैली परिवर्तन, शारीरिक सक्रियताको कमिले यसको स्तिथि अझ जटिल हुनसक्ने विज्ञहरु आँकलन गर्दछन। फिजियोथेरापी एक प्रमाणमा आधारित चिकीत्सा पद्दति हो। फिजियोथेरापीले मधुमेहको रोकथाम, उपचार र व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। मधुमेहको लागि फिजियोथेरापी भन्नाले ब्यायाम र सो सम्बन्धी शिक्षा, शारीरिक सक्रियता, विभिन्न किसिमका जोखिममा नियन्त्रण जस्तै ब्लड प्रेसर को नियन्त्रण आधि हुन सक्दछन्।
मधुमेह र ब्यायाम सम्बधी निम्न तथ्यहरु प्रमाणित छन्।
१. ब्यायाम मधुमेहको लागि एक महत्वपूर्ण उपचारात्मक पद्दति हो।
२. ब्यायामले मुटुको क्षमतामा बृद्धि गरी , मुटुतथा रक्तनली समबन्धी रोगको जोखिमलाई घटाउने काम गर्दछ।
३. कुनै पनि किसिमको मधुमेहको बिरामीलाई ३०- ६० मिनेटको मध्यम तीब्रताको ब्यायाम गर्न सुझाब गरिन्छ।
४. अत्यन्त जटिल किसिमको रेटिना (आँखा) को रोग बाहेक हरेक किसिम क मधुमेहको बिरामीको लागि शक्ति विकास गर्ने कसरत गर्न सकिन्छ।
मधुमेह हुन नदिन के गर्ने?
१. दैनिक रुपमा ब्यायाम गर्ने।
२. आफूलाई सकेसम्म सक्रिय राख्ने।
३. अफिसमा बसेर गर्ने काम भए समय-समयमा उठ्ने, २-४ पाइला हिड्ने जस्तै पानी लिन जाने, एक चक्कर लगाउने
४. खानपानमा विशेष ध्यान दिने।
५. सक्रिय रहन दौडने, साइकल चलाउने, पौडने, मर्निंग वाक गर्ने वा कुनै किसिमको कसरत गर्ने।
मधुमेह भइसकेका बिरामीले के गर्ने?
मधुमेह भैसकेपछि खानपान मा नियन्त्रण, चिकित्सकको सल्लाह बमोजिम औसधि सेवन गर्नुपर्दछ। यो बाहेक शारीरिक सक्रियता राख्न ब्यायाम गर्न पनि उत्तिकै आवश्यक छ।
मधुमेह भएपछि पनि माथि उल्लेख गरिएका सम्पूर्ण कसरत गर्न सकिन्छ तर कसरत गर्दा कुन कसरत कतिको तिब्रताका साथ गर्नुपर्दछ फिजियोथेरापिस्ट संग उचित परामर्श लिनु पर्दछ।
(कंडेल वीर अस्पतालका फिजियोथेरापी यूनिट प्रमुख हुन्।)