मनमा उत्पन्नहुने दु:खका भाव,बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई प्रसव (पिडा ) भनिन्छ भने मनमा आएका दु:खका भावहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु प्रतिप्रसव (पिडाबाट मुक्त) हो। यो नै योग चिकित्साको आधार हो।
आधुनिक समयमा आधुनिक चिकित्सा विज्ञानको खोज अनुसन्धानले दिन प्रतिदिन फरक फरक स्वरुपमा देखा पर्ने सरुवा रोगहरुको उपचार सहज रुपमा उपलब्ध भएता पनि नसर्ने रोगहरु तथा मानसिक रोग ( मधुमेह ,उच्च रक्तचाप,क्यान्सर ,स्वास प्रस्वास प्रणाली जन्य रोग ,माइग्रेन,डरचिन्ता,डिप्रेसन,मोटोपन,ह्रदयघात,मस्तिष्क घात) न्यूनीकरण एउटा डरलाग्दो समस्याका रुपमा देखा पर्दै छ्न।
राष्ट्रिय योग दिवस मनाउदै गर्दा हामी योग आयुर्वेदका विद्यार्थी र योग अभियान्ताहरुले आम नागरिकमा योगले खेल्न भूमिकाको बारेमा सचेतना जगाउनु पर्दछ। नियमित गरिने प्रयोगात्मक योग अभ्यासका विभिन्न अनुसन्धानले रोग न्युनिकरण र स्वास्थ प्रवर्द्धनमा निम्न आयाम थपेको पाइन्छ
- योगले मधुमेह रोग नियन्त्रणमा भुमिका खेल्दछ।
- नियमित गरिने योग अभ्यासले स्वतन्त्र नाडि सस्थान अन्तरगत सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरि उच्च रक्तचाप तथा मानसिक तनाव जन्य रोगहरु कम गर्न सकिन्छ ।
- योगले मुटुका रक्त नलिहरु साघुरिएर हुने कोरोनरि हार्ट डिजिजमा फाइदा पुर्याउने अमेरिकी चिकित्सक डिन अर्नेसले प्रमाणित गरेका छ्न।
-योगले भेगस नर्भको गतिविधि बडाइ मुटु र फोक्सोको गति नियन्त्रणमा भुमिका खेल्दछ।
-नियमित गरिने योग अभ्यासले नेचुरल किलर सेलको सङ्ख्या बढाइ क्यान्सर प्रतिरोध क्षमता बढाउँछ।
-योगले सेरोटोनिन गावा जस्ता स्नायु प्रणाली संघ सम्बन्धित रसायनहरु बढाइ मानसिक तनाव र डिप्रेसन जस्ता मानसिक रोगहरु न्यूनीकरणमा भूमिका खेल्दछ।
- योगले मस्तिष्कको भावनात्मक केन्द्र लिम्बिक कर्टेक्सलाइ प्रभावित पारि सम्पुर्ण स्नायु प्रणालीका कामलाई चुस्त दुरुस्त राख्न सहयोग गर्दछ।
- योगले मुडडिसअडर,सिजोफ्रेनिया,सोमाटाइजेसन,डर चिन्ता जस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिको दुष्प्रभाव कम गर्न सहयोग गर्दछ।
- योगले हाइपोथालामसमा भएका तृप्ति केन्द्र र साइटिक सेन्टरमा प्रभाव पारि अत्यावश्यक भोजनमा नियन्त्रण गर्दछ। जसले मोटो पन जन्य रोगहरु न्यूनीकरणमा भुमिका खेलिरहेको हुन्छ।
-रगतमा भएको खराब बोसोको मात्रा कम गरि रगत शुद्धीकरणमा सहयोगि भुमिका खेल्दछ जस्ले हृदय घात,मस्तिष्क घात तथा रक्त संचार प्रणालीका रोगहरु न्यूनीकरणमा टेवा थप्दछ।
- योगले आनन्दमा आधारित जिवनशैलि परिवर्तन गर्न सिकाउँछ जसले मनमा गहिरो बिश्राम दिइ अम्लपित्त,ढाड दुख्ने समस्या,माइग्रेन,दम,महिनावारी वेदना अनियमित मासिक श्राप, विभिन्न हर्मोनहरमा संतुलन कायम गर्न भूमिका खेल्दछ।
- योगले शरीर तथा मनलाइ गहिरो बिश्राम दिइ रोग प्रतिरोधात्मक क्षमतामा उर्जा बढाउँछ।
- योगले मेलाटोनिन,इन्डोर्फिन,अक्सिटोक्सिन जस्ता रसायन बनाउन मद्दत गरि खुसी आनन्द तथा प्रेम युक्त वातावरण निर्माण गर्दछ।
-धूम्रपान ,मध्यपान तथा लागु पदार्थको लत हटाउदै खराब दुष्प्रभाव हटाउन पनि योग महत्वपूर्ण छ।
- योगले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ। नियमित योग अभ्यासले सात्विक र सन्तुलित आहार प्रयोगको अनुसासित दिनचर्या सिकाउँछ।
-योगले मनलाई शान्त राख्न र मस्तिष्कको क्रियासिलता बढाउदै सम्झने शक्तिको विकास गर्दछ।
- योगले दु:ख पिडाका भावहरु हटाउदै पुनरस्थापना कृयामा सहयोग गर्दछ। जसबाट स्ट्रेस हर्मोन र कोर्टिशल हर्मोनको मात्रा घटन गै मानसिक तनाव जन्य रोगहरु कम गर्न सकिन्छ।
- स्कुल योग शिक्षाले बालबालिका र शिक्षकहरुमा नया उर्जा थपेको विभिन्न अध्यनहरुले पुष्टि गरेका छ्न।
योग गर्दा ध्यान दिनु पर्ने कुराहरु
सबैभन्दा पहिला खुला र प्रयाप्त अक्सिजन युक्त ठाउँ योग चिकित्साको लागि छुट्याउनु पर्दछ।
-दिसा पिसाब गरि खाली पेटमा गरेको अभ्यास शारीरिक र मानसिक दुवै रुपले प्रभावकारी मानिन्छ।
- सुर्योदय हुनु भन्दा १-२ घन्टा अगाडि गरेको अभ्यास अत्यन्तै महत्त्वपूर्ण हुने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छ्म।
- ठोस खाना खाएको कम्तिमा ३ घन्टा पछिको समय निर्धारण गर्नुपर्छ।
- हल्का र खुकुलो पहिरनमा अभ्यास प्रभावकारि हुन्छ।
- ढाड,कम्मरका समस्या र नसा च्यापिएको, हड्डी खिएको बाथ रोगि जस्ता समस्याहरुमा होशियारपुर्वक अभ्यास गराउनु पर्दछ।
- मानसिक तनाव युक्त र चिन्तित ब्यक्तिहरुलाई मन्त्र योग,लय योग र भक्ति योगका साथै साङ्गितिक रमाइलो बाताबरण श्रीजना गराइ अभ्यास सुरु गर्नुपर्दछ।
- योग चिकित्सा सुरु गर्दा रोगको पैचान,बिरामिको शारीरिक अवस्था र मानसिक स्वरुपको बिचार गर्नु पर्दछ।
- अभ्यास सुरु गराउँदा ब्यक्तिको रुचि,सस्कार र धर्म सस्कृतिको ख्याल गर्नु पर्दछ। रोगको प्रकृति र ब्यक्तिको सामर्थ्य बुझेर अभ्यास गराउदा सकारात्मक भावको बिकास गर्न मद्दत मिल्दछ।
-अभ्यासको क्रममा शारीरिक सक्रियता र बिश्राम दुबैको सन्तुलन कायम हुनुपर्दछ।
- स्वास प्रस्वासको गति नमिलेको अभ्यास रोग नियन्त्रणमा प्रभावकारी हुँदैन ।
- कुनै विशेष अबस्थामा बाहेक नाकबाट मात्रै स्वास लिने र छोड्ने गर्नुपर्दछ।
- अभ्यास सुरु गर्दा योग चिकित्सक वा कुशल योग शिक्षकको निगरानीमा गर्नुपर्दछ।
- कोठाभित्र अभ्यास गर्दा झ्याल-ढोका खुला राखि प्रयाप्त अक्सिजन संचार हुने वातावरण बनाउनु पर्दछ।
- कुनै आसन वा प्राणायाम बिरामि वा साधकलाइ छोएर गराउनु पर्ने हुन सक्छ त्यस्तो अबस्थामा बिरामीसँग अनुमति लिनु आवश्यक हुन्छ।
- कुनै पनि ब्यक्तिको ब्यक्तिगत विवरणलाई गोप्य राखि चिकित्सा गर्नुपर्दछ। आहार ,निद्रा, ब्रह्माचर्य,ब्यायाम ,स्नान र ध्यान लाई अपनाइ गरेको योग चिकित्सा अत्यन्तै प्रभाव कारि मानिन्छ ।
(लेखक योग अभियान्ता तथा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र रुकुम पुर्वका नि. कार्यलय प्रमुख हुन्।)