काठमाडौं - हरेक वर्ष झैँ मे महिनाको ३१ तारिखका दिन विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज नेपालमा पनि “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन” भन्ने नाराका साथ मनाइएको छ। विश्व स्वास्थ्य संगठनको आव्हानमा मनाइने यो सुर्तीजन्य पदार्थ विरुद्धको दिवस औपचारिक जनस्वास्थ्य अभियान हो।
परिचय
धुँवा आउने, नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिडी, तम्बाकु, खैनी, गुट्खा, जर्दा वा पानपराग आदि सबैलाई सुर्तीजन्य पदार्थ भनिन्छ। सुर्तीजन्य पदार्थमा कार्बन मोनोक्साईड, निकोटिन, टार, बेञ्जोपाईरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक पदार्थ हुन्छन्। ४० जति क्यान्सर बेञ्जोपाईरिन लगायतका रसायन हुन्छन् जसले क्यान्सर गराउनुका साथै मृत्यु समेत गराउँछ। सुर्तीजन्यपदार्थमा मिसाइने निकोटिन नामक तत्वले लत बसाल्छ। यसै लतले मानव स्वास्थ्यमा हानी पु¥याउँछ।
सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।
पृष्ठभूमि
सन् १९८७ मा विश्व स्वास्थ्य साधारण सभाद्धारा विश्व स्वास्थ्य दिवसको अवसरमा “विश्व धुम्रपानविरुद्धको दिवस” मनाउन आव्हान ग¥यो। सोही वर्षदेखि विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने प्रस्ताव पारित गरिएपछि विभिन्न नाराकासाथ दिवस मनाउन सुरु गरियो।
सूर्तीजन्य पदार्थबाट स्वास्थ्यमा पार्ने समस्या र जोखिम निराकरण गर्न विश्वव्यापी नीति निर्माण गरी सम्पूर्ण समाजलाई स्वस्थ राख्न सघाउ पु¥याउनका लागि सन् २००३ मा सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी महासन्धि पारित गरियो। यस महासन्धिको उद्देश्य विश्वव्यापी रुपमा सूर्तीजन्य पदार्थ त्याग गर्ने कार्यको कार्यान्वयन गर्ने सम्झौता थियोे।
सन् २००८ को विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसको पूर्व सन्ध्यामा विश्व स्वास्थ्य संगठनद्धारा विश्वव्यापी रुपमा सूर्तीजन्य पदार्थ सम्बन्धी सबै किसिमका विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन वन्द गर्न आव्हान ग¥यो। त्यस वर्षको दिवसको “सूर्तीजन्य पदार्थमुक्त युवा” नामक नारा राखिएको थियो। सोही नारा मार्फत् सूर्तीजन्य पदार्थको सेवन छा्ड्न स्वास्थ्य प्रवद्र्धन गरियो।
वर्तमान अवस्था
विश्वका १२५ भन्दा बढी देशमा खेती गरिने सुर्तीजन्य पदार्थले हरेक वर्ष विश्वभरीका ८० लाख सेवनकर्ताको मृत्यु गराउने गरेको छ। तीमध्ये ७० लाख प्रत्यक्ष सेवनकर्ताको मृत्यु हुने गर्दछ। र, करिब १ लाख २० हजार व्यक्ति अरुले गरेको सुर्तीजन्य पदार्थको धुवाँ (सेकेण्ड हैंड स्मोकिङ) का कारण मृत्यु हुने गरेको छ।
विश्व भरका करिब १ करोड ३० लाख सेवनकर्ताहरु कम तथा मझ्यौलो स्तरको आम्दानी हुने मुलुकका छन्। जहाँ सुर्ती सेवनका कारण आर्थिक अवस्था दयनीय भई गाँस र बासको न्यूनतम आवश्यकता टार्न मुश्किल छ। सन् २०२२ मा विश्वको जनसंख्याको २२ प्रतिशतभन्दा बढी व्यक्ति सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो, तीमध्ये झण्डै ३७ प्रतिशत पुरुष तथा झण्डै ८ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ सेवन गर्दछन। सन् २०३० सम्ममा १ करोडभन्दा बढी सुर्ती सेवनकर्ताको सुर्ती सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने अनुमान गरिएको छ।
नेपालमा वर्षेनी ३० हजारभन्दा बढी व्यक्तिको सुर्तीजन्य पदार्थ सेवनकै कारणले मृत्यु हुने गरेको छ। मुलुकका १५ वर्ष र सो माथीका ३७ प्रतिशत युवाले सुर्तीजन्य पदार्थको सेवन गर्छन् भने नेपालका महिलाले विश्वभरमै बढी सेवन गर्दछन्। वर्तमान अवस्थामा सुर्ती सेवन सबैभन्दा ठूलो जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ।
सुर्ती सेवनबाट उत्पन्न स्वास्थ्य समस्या
सुर्तीजन्य पदार्थ सेवन गरेमा उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, मष्तिष्कघात, दीर्घ श्वासप्रश्वास रोग, दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप २ मधुमेह तथा यसको विकृति, दृष्टि कमजोर, महिलाहरुमा यौन चाहनामा कमी, समय अगाडिनै महिनावारी वन्द हुने, रोग प्रतिरक्षात्मक क्षमतामा ह्रास, गर्भमा रहेको भु्रणको शारीरिक तथा मानसिक वृद्धि÷विकास नभई तौलकम भएको शिशुजन्मनेजस्ता जटिल समस्या उत्पन्न हुन्छन्। सुर्तीजन्य पदार्थमा क्यान्सरजन्य विषाक्त पदार्थ हुने हुँदा पाचन प्रणाली (मुख, दाँत, जिब्रो, ओंठ, गिंजा) घाँटी, श्वरनली, खानाको नली, फोक्सो, पाठेघर, कपाल, नङ, छालाका साथै रक्त क्यान्सर लगायतका जटिल स्वास्थ्य समस्या उत्पन्न हुन्छन्।
सुर्तीजन्य पदार्थले रोग प्रतिरोध क्षमता कम गराउने हुँदा सेवन नगर्नेको तुलनामा सुर्ती सेवनकर्ता कोरोना भाइरसद्वारा संक्रमित भएमा अत्यन्त जटिल अवस्थामा पुग्छन्, उपचारका लागि परिवारको २० प्रतिशतभन्दा बढी खर्च हुनेमात्र नभई यसवाट विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ। स्वास्थ्य सेवा विभागको २०७७÷७८ को प्रतिवेदन अनुसार नेपालमा सर्ने रोगभन्दा नसर्ने रोगहरुको बाहुल्यता (६६ प्रतिशत) छ। यसको प्रमुख कारण बढ्दो सहरीकरण, देखासिकी तथा अस्वस्थकर जीवनशैली हो। तसर्थ नसर्ने रोग निम्त्याउनमा सुर्तीजन्य पदार्थको ठूलो योगदान रहेको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या
सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी महामारीका रुपमा रहेको छ। नेपालका सहरीभन्दा ग्रामीणस्तरका मानिसहरु सुर्तीजन्य पदार्थको हानिका बारेमा बढी अनभिज्ञ छन। फलस्वरुप १५ वर्ष र सो माथीका ३७ प्रतिशतभन्दा बढी युवा (२७ प्रतिशत पुरुष एवम् ६ प्रतिशत महिला) ले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्छन्। यसलाई इज्जत, प्रतिष्ठाका रुपमा लिनुका कारण २५ हजार भन्दा बढी सेवनकर्ताको सेवनकै कारणले उत्पन्न स्वास्थ्य समस्यावाट मृत्यु हुने गरेको छ। विश्वभरीमा शिक्षित र चेतनशील व्यक्तिहरुका साथै नेपालका महिलाले बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाईएको छ। न्यून साक्षरतादर, बढ्दो सहरीकरण, अस्वस्थकर जीवनशैली, देखासिकीजस्ता अस्वस्थकर जीवनशैलीले गर्दा सुर्तीजन्य पदार्थको लतमा फसेका किशोरकिशोरी, युवा तथा जेष्ठ नागरिकका कारणले नियन्त्रणमा समस्या उत्पन्न भएको छ।
सुर्तीजन्य पदार्थ त्याग गर्दाका फाइदाहरु
आफैँले तथा अरुले उडाएको धुँवा निल्नपर्ने सवै खालको सुर्ती सेवन त्याग गर्दा धेरै फाइदा हुन्छ। जस्तै २० मिनटसम्म सुर्ती सेवन नगर्दा मुटुको गति र उच्च रक्तचाँप घट्छ। १२ घण्टासम्म छोड्दा रगतमा कार्बनमोनोक्साइड घट्छ। २ देखि १२ हप्ता छोड्दा फोक्सोको कार्य तथा रक्तसञ्चारमा सुधार हुन्छ। १ देखि ९ महिनासम्म छोड्दा श्वासप्रश्वासमा कठिनाई घट्छ।
१ वर्षसम्म छोड्दा मुटुको समस्या ५०% घट्छ। ५ वर्षमा सेवन गर्नेभन्दा सेवन नगर्र्नेमा मस्तिष्कघातको जोखिम ५ देखि १५ वर्षसम्म घट्छ। १० वर्षसम्म छोड्दा फोक्सोको क्यान्सरको सम्भावना ५० प्रतिशत र मुख, घाँटी, खाना नली, पिसावको थैली, पाठेघर र प्याङ्क्रियाका रोगको जोखिम घट्छ, सुर्ती छोडेको १५ वर्षमा मुटुसम्बन्धी (कोरोनरी हर्ट डिजिज) रोग तथा कोरोना भाइरस संक्रमणबाट विभिन्न रोगले च्याप्ने सम्भावना निकै कम हुन्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारणले उत्पन्न हुने १६ किसिमका क्यान्सरबाट समेत बँच्न सकिन्छ।
सुर्तीजन्य पदार्र्थ त्याग गर्ने उपाय
सुर्तीजन्य पदार्थ सेवन नगर्न मानसिक रुपमा अठोट गर्नेे।
सुर्तीजन्य पदार्थ सेवन छोडेर खेलकूद जस्ता फाइदाजनक र मनोरञ्जनात्मक काममा लाग्ने।
आफ्नो जीवनशैलीमा सुधार (विहानको नित्यकर्मपछि पानी पिउने, सकारात्मक सोँचकासाथ समयमै खाने, सुत्ने एवम् शारीरिक एवम् मानसिक स्वास्थ्यको ख्याल राख्ने, बेलुका खाना खाएपछि एक माइलजति हिड्ने) गर्ने।
सुर्तीजन्य पदार्थको तलतल लागेमा फलफूल खाने ।
निकोटिन प्रतिस्थापन औषधिजन्य पदार्थ (सिन्काउलीको स्वादका चुइङगम चुस्ने पदार्थ, प्याच) को प्रयोग गर्ने।
सुर्तीजन्य पदार्थ त्याग गर्न विभिन्न सञ्चार माध्यमका सन्देशमूलक जानकारी राख्ने र स्वस्थकर वानी व्यहोरा अपनाउने अभियान चलाउने।
सुर्तीजन्य पदार्थ नियन्त्रणका उपाय
यस वर्षको सुर्तीजन्य पदार्थविरुद्धको दिवस दिगो रुपमा खाद्यपदार्थको उत्पादन प्रवद्र्धनमा केन्द्रित छ। सुर्ती सेवनका कारण उत्पन्न स्वास्थ्य समस्या एवम् मृत्यु हुनवाट वचाई नागरिकको स्वास्थ्य सुधार गर्न विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थ नियन्त्रण रणनीति २०३० को कार्यान्वयनमा सरकारले २०६८ वैशाखमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागु गरेको छ। सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ सेवन र बक्रीसमेत गर्न, उपहार दिन नपाउने कानून जारी गरेको छ।
नेपाल कृषिप्रधान देश हो। अतः नेपाल सरकारले सुर्तीको खेतीलाई पूर्णरुपमा निरुत्साहित गरी किसानलाई समयमै र सहुलियत पूर्वक मल, बिउलगायतका सामाग्रीको व्यवस्था गरी खाद्यान्न उत्पादनमा जोड दिनु पर्ने भएको छ, यसबाट खाद्य सुरक्षामा वृद्धि हुनुकासाथै पोषिलो खाना प्राप्त हुन्छ। सुर्तीजन्य पदार्थ सेवनको अनुगमन गरी रोकथाम तथा नियन्त्रण गर्ने नीति नियम निर्माण गरी लागू गर्नुपर्छ। सुर्ती सेवन गर्नबाट बचाउनु पर्छ, सेवन त्याग गर्न सघाउनु पर्छ, सुर्तीसेवनबाट उत्पन्न खतराका चिन्हबारे सजग बनाउनु पर्छ, र सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धि गर्नुपर्दछ। सुर्तीजन्य पदार्थ सेवनविरुद्ध शिक्षा, स्वास्थ्यलगायत सवै निकायबाट विभिन्न कार्यक्रम मार्फत् समुदायस्तरसम्म व्यापक रुपमा जनचेतना अभिबृद्धि गर्नु परेको छ, यसका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धका पाठ्य सामाग्री राख्नुपर्छ।
सुर्तीजन्य पदार्थ विरुद्ध सन्देश
सुर्तीजन्य पदार्थको साटो खाद्य पदार्थको उत्पादनमा जोडदिन सरकारले सवै निकाय तथा सरोकारवालालाई दिगो खाद्यपदार्थ उत्पादनमा परिचालन गर्नुपर्छ।
जनताको स्वास्थ्यकासाथै वातावरणसमेत जोगाउन सुर्ती सेवन त्याग गर्न प्रोत्साहन गर्नुपर्छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरी समुदायस्तर सम्म चेतना अभिबृद्धि गर्नुपर्छ।
विद्यालयस्तरमा प्रत्यक्ष, परोक्ष माध्यमबाट गरिने सूर्तीजन्य पदार्थ सेवन कडाइकासाथ निरुत्साहित गरिनुपर्छ।
सुर्तीजन्य पदार्थविरुद्ध दिवस समुदायस्तरमै मनाई सुर्ती खेतीको साटो वैकल्पिक खाद्यपदार्थ उत्पादन गरी वातावरण र स्वास्थ्य प्रवद्र्धन गर्नुपर्छ।
सुर्तीजन्य पदार्थको आयात, बजार मूल्यमा वातावरण करसमेत गरी अत्यधिक कर वृद्धि गरिनुपर्छ। स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रम तथा अभिमूखिकरण÷तालिम प्रदान गरिनुपर्छ।
विद्यालयस्तरदेखि सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा पाठ्य सामग्री मार्फत् सुर्ती सेवनविरुद्ध प्रभावकारी कार्यक्रम गरिनुपर्छ।
सुर्तीजन्य पदार्थको सेवनबारे जुनै पनि माध्यमबाट विज्ञापन गर्न रोक लगाउनु पर्छ।
(गङ्गाराज अर्याल स्वास्थ्य प्रवद्र्धन विज्ञ हुन्।)