काठमाडौं - नेपाल औषधि उत्पादक संघ एपोनको दशौँ नेपाल फर्मा एक्स्पो यही फागुन २८ गते सुरु हुने भएको छ।
काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने एक्स्पो फागुन २८ देखि ३० गतेसम्म हुने भएको हो। उक्त एक्स्पोमा १५० बढी स्टल रहने एपोनका महासचिव एवं कार्यक्रम संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार मंसिर १ गतेदेखि स्टल बुकिङ सुरु हुनेछ।
उनले भने, ‘अहिले पनि हामी एक्स्पोलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल र योजनामै छौँ। हाललाई एक्स्पो हुने ठाउँ र मिति मात्र सार्वजनिक गरेका हौँ।’
नेपाल फर्मा एक्स्पो एपोनले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको छ। यसअघि सन् २०२४ मा चितवनमा नवौँ फर्मा एक्स्पोको आयोजना गरिएको थियो।