काठमाडौं- सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।
सन २००१ मा स्थापना भएको एसएफओएन र एसएफओले देशभर काम गर्ने विभिन्न विशेषज्ञाताका क्यान्सर रोग विशेषज्ञहरूलाई एकताबद्ध गर्ने गर्दछ।
संस्थाको मुख्य उद्देश्य क्यान्सर रोगीहरूले देशभित्रै राम्रो उपचार पाउन सक्ने गरी क्यान्सर विशेषज्ञहरूको ज्ञान र सीपहरू अभिवृद्धि गर्नु रहेको आयोजक सचिव डा गुरु शरण साहले बताए।
सम्मेलनमा स्वास्थ्यमन्त्री मोहन बस्नेत समेत सहभागी हुनेछन्। यस सम्मेलनले सार्क क्षेत्रमा क्यान्सर उपचारका लागि सहकार्य गर्ने मेडिकल अन्कोलोजी, विकिरणबाट उपचार गर्ने विज्ञ चिकित्सक, सर्जिकल ओन्कोलोजी, प्याथोलोजी, रेडियोलोजी, इम्युनोलोजी, प्यालिएटिभ केयर, नर्सिङ र तथा क्यान्सर उपचारसँग सम्बन्धित अन्य विज्ञहरूलाई क्यान्सर उपचारसँग सम्बन्धित अनुभव, ज्ञान तथा सिप आदान प्रदान गर्ने लक्ष्य राखेको छ।
सम्म्लनका वक्ताहरूमा सार्क क्षेत्र र विदेशका शीर्ष क्यान्सर विशेषज्ञहरू, प्रख्यात अनुसन्धानकर्ताहरू र यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याउने चिकित्सक रहेका छन्।