काठमाडौं - सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मीचन्द्र महतलाई तत्काल हाजिर गराउन आदेश दिएको छ।
रजिष्ट्रारमा नियुक्त भएपनि काम गर्न नदिएर अन्याय भएको भन्दै उनी सर्वोच्च पुगेका थिए। हाल उनलाई तत्काल हाजिर गराउन र काम गर्न भन्दै सर्वोच्चले प्रतिष्ठानलाई आदेश दिएको छ।
उनी यही भदौमा रजिष्ट्रारमा नियुक्त भएका थिए। विद्यावारिधि शोधार्थी रहेका उनी जुम्लाको चन्दननाथ नगरपालिकाका बासिन्दा हुन्।