मुख बाङ्गिने समस्याका कारण धेरै छन, जस्तै बेल्स पाल्सी, लाइम रोग, पक्षघात, रामसे हन्ट सिन्ड्रोम, केन्द्रीय अनुहार पक्षाघात, ट्युमर आदि। यो धेरै जसो बेल्स पाल्सिमा देखिने हुदाँ आउनुहोस् यसको बारेमा बुझै।
बेल्स पाल्सी अनुहारको एउटा यस्तो अवस्था हो जसमा अनुहारको प्रभावित भागमा भएका मांशपेशिहरु कमजोर हुने, ति मांशपेशिहरुको काम गर्न सक्ने क्षमता कम हुने वा चलाउन गाह्रो हुने वा नसक्ने हुन्छ। बेल्स पाल्सी अनुहारको पक्षाघात हो जुन क्रेनियल नर्भ भी आइआइ, फेसियल नर्भको डिसफंक्शनले गर्दा हुने गर्दछ।यसलाई इडियोप्याथिक पेरिफेरल फेसियल पाल्सी पनि भनिन्छ। बेल्स पाल्सी एक इडियोपैथिक अवस्था हो, अर्थात् कुनै खास कारण निर्णायक रूपमा स्थापित भएको छैन। एकपटक फेसियल पाल्सीका अन्य कारणहरू हटिसकेपछि, बिरामीलाई बेल्स पाल्सी भएको भनिन्छ।
जोखिमका कारकहरू
मधुमेह, गर्भावस्था, कानको संक्रमण, माथिल्लो श्वसन पथ संक्रमण आदि।
लक्षणहरू
अनुहारको आधा पक्ष/भागका मांसपेशीहरूको नियन्त्रण गुमाउनु यसको मुख्य शारीरिक प्रस्तुति हो। साथै, आँखा बन्द गर्न नसक्ने, ओठ सार्न नसक्ने (जस्तै मुस्कानमा), आराममा अनुहारको प्रभावित पक्ष झुकिएको वा बाङ्गिएको, आँखिभौं उठाउन नसक्ने आदि। केही मानिसहरुले सुरुवातको पहिलो केही दिनमा सामान्य अस्वस्थताको रिपोर्ट गर्छन्, साथै इप्सिलेटेरल मस्टोइड ; कान पछाडि (ओटाल्जिया भनेर चिनिन्छ) को क्षेत्रमा केही दुखाइ पनि रिपोर्ट गर्छन्, तर धेरै बिरामीहरूमा ओटाल्जिया वा अस्वस्थता हुँदैन।सुरुमा, पक्षाघात पूर्ण, वा आंशिक (पेरेसिस) हुन सक्छ। तर सबै विरामिमा सबै लक्षणहरू नदेखिन पनि सक्छ।
जब अनुहार आराममा हुन्छ, यसको उपस्थिति प्राय हुन्छ
प्रारम्भिक चरणमा कारण जे होस्, अनुहारको २ वटा पक्षहरू /भागहरु बीचको निम्न भिन्नताहरू प्राय स्पष्ट देखिन्छन्: प्रभावित पक्षमा निधारमा तेर्सो रेखाहरूको अनुपस्थिति,प्रभावित आँखा अप्रभावित आँखा भन्दा ठूलो/धेरै खुला,प्रभावित आँखा झिम्काउन नसक्नु,प्रभावित छेउमा नासो-लेबियल तहको परिवर्तन वा अनुपस्थिति,मुखको प्रभावित कुनाको स्थिति अर्को पक्ष भन्दा कम।
कार्यात्मक प्रभावहरू
अभाव वा अपूर्ण ओठ सीलको कारणले खाने र पिउन कठिनाइ, तरल पदार्थ र खाना मुखभित्र राख्न गाह्रो हुनु, "लेबियल (ओष्ठ )व्यञ्जनहरू" (जस्तै प, फ, ब, भ, म)को रूपमा बोलीको स्पष्टता नहुनु, प्रभावित आँखाको सुख्खापन, सथै ठूलो आवाजप्रति संवेदनशीलता,बदलिएको स्वाद आदि। साथै मुख बाङ्गियको कारण लाज, डर हुन सक्छ जसका कारण आफ्नो काम, सामाजिक कार्यक्रमहरुमा भाग लिन नसक्नु।
डायग्नोस्टिक प्रक्रियाहरू
बेल्स पाल्सी बहिष्करणको निदान हो, अर्थात अनुहारको पक्षाघातका अन्य कारणहरू हटिसकेपछि, हामी पृथक फेसियल पाल्सीलाई बेल्स पाल्सी, वा इडियोप्याथिक फेसियल पाल्सी भन्छौं। एमआरआई (MRI) स्क्यानिङ अनुहार स्नायु डिसफंक्शन को अन्य कारणहरुलाई बहिष्कार गर्नको लागी प्रयोग गर्न सकिन्छ, जस्तै फेसियल श्वाननोमा वा ध्वनिक न्यूरोमा।
चिकित्सकिय व्यवस्थापन
कोर्टिकोस्टेरोइड औषधिलाई सामान्यतया बेल्स पाल्सीको पहिलो लाइन उपचार मानिन्छ, जसले लक्षणहरू देखा परेको ७२ घण्टा भित्र उपचार सुरु गर्दा उत्कृष्ट नतिजाहरू प्रदान गर्दछ। यस समय-सीमा भित्र दिइएको स्टेरोइडहरूको लागि लाभ देखाउने धेरै अध्ययनहरू पनि छन्। त्यस्तै, बिरामीको अवस्था अनुसार अरुउपचारहरूपनिगरिन्छ।
फिजियोथेरापी व्यवस्थापन
जसरि हाम्रो शरिरको अन्य मांशपेशिको शक्ति, काम गर्ने क्षमता बढाउन फिजियोथेरापिको आवश्यकता पर्दछ, त्यसरि नै अनुहारको मांशपेशिहरुको काम गर्ने शक्ति, क्षमता नभएर वा कम भएर आएका यि समस्यालाई सके सम्म न्युनिकरण गर्न फिजियोथेरापिको महत्तवपुर्ण भुमिका हुन्छ। विभिन्न फिजियोथेरापिका टेकनिकहरु जस्तै न्यूरोमस्कुलर पुन: प्रशिक्षण, इलेक्ट्रोमोग्राफी (EMG) र मिरर बायोफिडब्याक, प्रोप्रियोसेप्टिव न्यूरो मस्कुलर फेसिलिटेशन (PNF) प्रविधिहरू, कबट प्रविधि, माइम थेरापी आदि प्रयोग गरेर फिजियोथेरापिष्टले बेल्स पाल्सिको उपचार गर्दछन्। साथै, सास फेर्न र आराम गर्ने अभ्यास, अनुहारको दुबै छेउमा समन्वय बढाउन र सिंकिनेसिस कम गर्न अभ्यासहरू, आँखा र ओठ बन्द गर्न मद्दत गर्न व्यायाम, अक्षर, शब्द र अनुहार अभिव्यक्ति अभ्यास पनि फिजियोथेरापिष्टले सिकाउँछन्।
फिजियोथेरापिष्टले बिरामीलाई सुख्खा आँखा व्यवस्थापनको बारेमा पनि शिक्षित गराउदछन। यदि आँखा रातो देखिन्छ वा विरामिले बारम्बार रातो हुने एपिसोडहरू रिपोर्ट गर्दछ भने, नेत्र विशेष्ज्ञका लागि तत्काल रेफरल पनि गर्दछन्। हाम्रो समाजमा, अझै पनि मुख बाङ्गिने अवस्थालाई कुनै श्राप वा भुत वा अन्य कुरा लागेको, पहिलाको जन्मको पाप लागेको आदि भन्दै समयमै उपचार गर्न नजाने चलन छ। समयमै उपचार गर्दा समस्याको समाधान हुने हुदा पनि मानिसहरु उपचार गर्न नजिकैको स्वास्थ्य केन्द्र नजानु ठुलो बिडम्वना हो।