चिकित्सा विधा महासागर नै हो। मानव शरिरको अन्तरवस्तु जति गहन छ, त्यसको अध्ययन पनि उत्तिकै गहन हुने नै भयो। एमडीजीपी अर्थात् जीपी (एमडी इन जनरल प्य्राक्टिस) जीपी (एमडी इन जनरल प्य्राक्टिस) विश्वसामु एकदमै परिचित विशेषज्ञ विधा हो। तर, नेपालमा मेडिकल विधा कम बुझ्ने मानिसहरुलाई अझै पनि नौलो लाग्न सक्छ। विशेषत नेपालमा ब्लड प्रेसर अलिकति बढ्दा मुटुरोग विशेषज्ञ, सामान्य पेट दुख्दा पेटरोग विशेषज्ञ, सामान्य ब्लडसुगर बढ्दा हर्मोन रोग विशेषज्ञ (इन्डोक्राइनोलोजिस्ट) खोज्ने होड जो छ।
उता विकसित मुलुकहरू जस्तै अमेरिका, अष्ट्रेलिया र अन्य युरोपियन राष्ट्रहरूमा भने हरेक विरामीलाई सर्वप्रथम एमडीजीपीले हेर्नुपर्ने हुन्छ र आवश्यक परेको खण्डमा मात्र उहाँहरुले विरामीलाई अन्य विशिष्टकृत जस्तैः कार्डियोजिस्ट, ग्याँष्ट्रोइन्टेरोलोजिस्ट, इन्डोक्राइनोलोजिस्ट, सर्जन, न्युरोसर्जन आदि विभागमा प्रेषण (रिफर) गर्ने नियम छ। यो प्रणाली अत्यन्त व्यवहारिक र वैज्ञानिक देखिन्छ। हाल हाम्रो जस्तो अल्पविकशीत देशमा त एमडीजीपी जस्ता क्रिम जनशक्ति भरपुर उपयोग गर्नुपर्ने देखिन्छ।
आज, दर्जनौंको सङ्ख्यामा विशिष्टकृत (डीएम, एमसीएच) जस्तो महंगो जनशक्ति उत्पादन त भएका छन् तर उनिहरुको क्षमता बमोजिमको औजारहरू र पुर्वाधार धेरै महँगो हुने गर्छन्। देशको सबै भुभागमा त्यसको उपलब्धता सरकारले गर्न नसक्दा त्यस्ता जनशक्ति कि त शहरिक्षेत्र जस्तै काठमाडौ, पोखरा, विराटनगर, धरान, चितवन, आदि ठाउँमा मात्र केन्द्रित छन्, कि उपयुक्त व्यवस्थाको अभावमा कैयौं मात्रामा युरोप, अमेरिका पलायन हुन बाध्य छन्। यो विषय अत्यन्त गम्भीर र संवेदनशील विषय हो। तात्पर्य: देशको पुर्वाधार र पुँजीगत अवस्था सँगै समानान्तर जनशक्ति उत्पादन गर्नु र उनिहरुको उचित व्यवस्थापन गर्नु नै आजको आवश्यकता हो।
एमडीजीपीको अर्को उपनामा फ्यामिली फिजिसियन पनि हो। यसको अर्थ एक कुशल एमडीजीपीले एउटा परिवारको बच्चादेखि वृद्धसम्म, महिला र पुरुष सबैको प्रायः सवै खालको रोग निदान र उपचार गर्न सक्ने भनिएको हो। साथै उही दशकदेखि एमडीजीपी र ईएम अर्थात् एमडी इन जनर प्य्राक्टिस एन्ड इमर्जेन्सी मेडीसिन डिग्री प्रदान गर्दै आएको हुँदा एमडीजीपला२ देशको देशको विभिन्न सरकारी तथा निजी अस्पतालमा इमर्जेन्सी विभागको नेतृत्व प्रदान गरिँदै आएको छ।
जति पनि जटिल अवस्थाको बिरामी भएपनि सुरुमा इमर्जेन्सीमा नै आाउने हुन्। यदि बिरामिको समयमा रोग पत्ता लागेर समयमै उपचार पाएको खण्डमा धेरै भन्दा धेरै मृत्युको मुखमा रहेको बिरामीलाई बचाउन पनि एक एमडीजीपी डाक्टरको भुमिका नै अग्रणी देखिन्छ। यसका अलवा एमडीजीपीले आपतकालिन अप्रेसन: जस्तै सी–सेक्सन (आमा र बच्चा दुवैको ज्यान उच्च जोखिममा रहेको खण्डमा इमर्जेन्सी एपेन्डेक्टोमी, हर्निया, हाइड्रोशिल जस्ता अपरेशन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा, आदि गर्ने समेत क्षमता राख्छन्। नेपालको कानुनबाट अधिकार प्राप्त पनि भएको हुँदा अस्पतालको आवश्यकता अनुसार सम्वन्धित जनशक्ति जस्तैः गाइनोक्लोजिस्ट, अब्सट्रिसियन, सर्जन, रेडियोलोजिस्टलगायत नभएको खण्डमा वैकल्पिक जनशक्तिको रुपमा प्रयोग हुँदै आएको छ।
यसर्थः एमडीजीपीको विभिन्न सवल पक्षलाई केलाउँदा हाम्रो देशको माटो सुहाँउदो विषय एमडीजीपी र ईएम हो र यसो भन्दै गर्दा अन्य महत्वपूर्ण विशिष्टकृत र विशेषज्ञ सेवाको महत्त्वलाई किमार्थ नकार्न सकिँदैन। मुलतः एमडीजीपीका यी सवल पक्षलाई नियालेर यसको पर्याप्त प्रवद्र्धन र उचित सम्मानजनक व्यवस्थापन हुँदा देशको स्वास्थ्य अवस्थाले फड्को मार्ने सन्दर्भमा विश्वस्त हुन सकिन्छ।
(चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमडीजीपी एन्ड इमर्जेन्सी मेडिसिन अध्ययन गरेका डा तिमिल्सिना हाल त्रिशुली अस्पताल नुवाकोटमा कार्यरत छन्।)