काठमाडौं- भारतीय मेडिकल प्रवेश परीक्षा (राष्ट्रिय योग्यता–सह–प्रवेश परीक्षा: निट–युजी) सन् २०२४ मा ग्रेस मार्क्स पाएर अस्वभाविक नम्बर पाएका ७५० जना विद्यार्थी दोहोर्यारएर गरिएको प्रवेश परीक्षमा अनुपस्थित भएका छन्।
उनीहरुलाई पेपर दिन ढिलो भएको दाबी गर्दै ग्रेस मार्क्स दिइएको थियो। उनीहरुमध्ये कतिको शतप्रतिशत नम्बर आएको थियो। परीक्षामा घोटालाका आशंकामा मुद्दा दायर भएको थियो। अदालतले १५६३ जना ग्रेस मार्क्स पाउनेले फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको थियो।
यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले विशेष टोली गठन गरेको केन्द्रीय एजेन्सीले आइतबार एक विज्ञप्तिमा जनाएको छ । सिबिआईका अनुसार बिहारको पटना र गुजरातको गोधरामा विशेष टोलीहरू पठाइँदैछ । त्यहाँ स्थानीय प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।
“सिबिआईले आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । यस विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ । विशेष सिबिआई टोलीहरू पटना र गोधरा पठाइएको छ”,
यो केन्द्र सरकारले सिबिआईलाई निट–युजी परीक्षा सन् २०२४ मा भएको कथित अनियमितताको विषयमा विस्तृत अनुसन्धानको जिम्मा दिएपछि आएको हो ।
राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले सन् २०२४ मे ५ मा ओएमआर (पेन र पेपर) मोडमा निट–युजी परीक्षा सञ्चालन गरेको थियो ।
सञ्चालनमा पारदर्शिताका लागि परीक्षा प्रक्रियाको समीक्षापछि भारत सरकारको शिक्षा मन्त्रालयले यस विषयमा विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) लाई जिम्मा दिने निर्णय गरेको छ ।