काठमाडौं– केन्द्रीय कारागार अस्पतालले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिक गरेको छ।
अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सार्वजनिक गरेका हुन्।
प्रमुख अतिथि गृह मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले कारागार अस्पतालले सिमित स्रोत र साधनका महत्वपूर्ण काम गरेको उल्लेख गरे। उनले भने, ‘नख्खुमा रहेको मनोसामाजिक अस्पताल सञ्चालनमा ल्याउन कारगार ब्यबस्थापन विभागलाई निर्देशन दिएका छौं।’ विशिष्ट अतिथिको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले आफू पनि कुनै समयमा कारागार ब्यबस्थापन विभागको महानिर्देशक भएको र कारागार तथा कैदी/बन्दीहरुको समस्याका बारेमा जानकार रहेको स्वास्थ्य मन्त्रालयको तर्फबाट जनशक्तिलगायत सहयोगका लागि तयार रहेको जानकारी दिए।
विशेष अतिथिको रुपमा कारागार ब्यबस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्वास्थ्य बिमामा सम्पूर्ण कैदी/बन्दीहरुलाई थुनुवा पुर्जाका आधारमा सहभागी गराउन आवश्यक छलफल भइरहेको बताए। मनोसामाजिक अस्पताल सञ्चालन गर्न गृहकार्य भइरहेको जानकारी गराउँदै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनको लागि जनस्वास्थ्यका कार्यक्रमहरु संचालन गर्दै जानुपर्नेमा जोड दिए। गृह मन्त्रालय, कारागार ब्यबस्थापन बिभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय कारागार अस्पताल सम्मिलित उच्च स्तरिय समिति गठन भएको र समस्याको हल सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा ब्यक्त गरे।
कार्यक्रममा कारागार अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद ब्यबस्थापन इकाईका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतामा भएको थियो। अस्पताल प्रमुख डा बुढाथोकीले केन्द्रीय कारागार अस्पतालले आ.ब २०८०÷८१ मा गरेका कार्यहरुको संक्षिप्त प्रस्तुति दिएका थिए। अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीहरुको बारेमा प्रस्तुत गर्दै प्रगति प्रतिवेदन र स्मारिकामा रहेका विषयवस्तुहरुको जानकारी दिएका हुन्। उनले अस्पतालको बर्तमान अबस्था, स्वास्थ्य बिमा ब्यबस्थापन,ओ एण्ड एम, अस्पतालको बजेट,कर्मचारीहरुका लागि प्रोत्साहनलगायतका विषयबस्तुमा उपस्थित सवैको ध्यानाकर्षण गराए। त्यस्तै प्रतिवेदनमा समेटिएका ७२ जिल्लाका ७५ कारागार कार्यालयअन्र्तगत रहेका २९ हजार ६ सय २८ कैदीबन्दीहरुको स्वास्थ्य अवस्था, बाल सुधार गृहको तथ्यांकसहित तहाबाट प्राप्त समस्याहरुको जस्ताको तस्तै प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमको समापन गर्दै अस्पताल प्रमुख डा बुढाथोकीले कारागार कार्यालय र सुधार गृह रहेका सम्पूर्ण जिल्लाको कैदी/बन्दीहरुको स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने अबवसर मिलेको र समस्याको समाधान गर्नका लागि सहजीकरण गर्ने बताए। ।कार्यक्रममा कारागार कार्यालय जगन्नाथदेवल, डिल्लीबजार र नख्खुका कारागार प्रशासकहरु स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अनाश्रित गुल्मका प्रहरी नायब उपरीक्षक जीवन निरौला, अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु लगायत प्रशासनिक कर्मचारीहरुको उपस्थिति थियो।