• महिनावारी सम्बन्धी नेपालमा त्यति धेरै अध्ययन अनुसन्धान भएको पाइँदैन तर विश्व बैङ्क २०१८ को प्रतिवेदन अनुसार विश्वमा कम्तिमा ५० करोड महिला तथा किशोरीहरु उचित महिनावारी सरसफाइबाट बन्चित छन्। महिनावारीबाट हुने कठिनाई धेरै कुरासँग सम्बन्धित छन्। जसमा अपर्याप्त सुविधा तथा सामाग्रीहरु महिनावारीको दुखाई तथा यसबारे खुलेर बोल्न अप्ठ्यारो मान्ने, डराउने र यसबारे अपर्याप्त ज्ञान नहुनु पर्छन्।
• महिनावारी बारे समाजमा रहेको रुढिबादी परम्परा र चाल-चलनले गर्दा महिलाहरुले निकै समस्या भोग्नुपरेको अवस्था छ। कतिपय किशोरीहरु महिनावारी हुँदा साथीहरुले जिस्क्याउने डर तथा लाजले र देविदेवताको डरले स्कुल नजाने, घर भन्दा टाढा बस्नुपर्ने बाध्यता, घरपरिवारले घरायसी कामकाजमा संलग्न नगराउने गरेका छन्। यस्तो अवस्थामा महिनावारीको व्यवस्थापनाम कठिनाइ हुने गर्छ, जसका कारण स्वास्थ्यमा नकारात्मक असर समेत पर्न जान्छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका जिल्लाहरुको कुरा गर्ने हो भने महिनावारी भएको वेला घरभन्दा बाहिर छाउँगोठमा एक्लै बस्नपर्ने अनि ४ दिनसम्म कसैलाई छुन नहुने, गाईभैंसीको दूध, दही तथा मही समेत खान नहुने जस्तो कुप्रथाको रुपमा अझै रहेको पाइन्छ। जसका कारण शरिरमा प्रतिकुल असर पर्नको साथै ज्यानै जान सक्ने सम्भावना रहन्छ।
• महिला महिनावारी भएको बेला भान्सामा काम गर्न हुँदैन भन्ने चलन छ यदि घरमा पुरुष मान्छेले महिला महिनाबारी भएको बेला आराम गर्न दिएर भान्साको काम गरिदिन्छन् भने यसलाई सकरात्मक रुपमा लिन पर्छ। भान्सामा जान नहुने तर घरबाहिर खेतबारिमा गाह्रो काम खेतबारी खन्ने तथा गह्रौं भारी बोक्ने यो मान्याताचाहिँ सरासर गलत हो। यसलाई हामीले समाजबाटै हटाउन पर्छ। त्यसैले महिनावारी एक प्राकृतिक प्रक्रिया भएकाले यतिबेला गरेको काम अशुद्ध हुने तथा कुनै धार्मिक कार्यहरु गर्न नहुने भन्ने हुँदैन। त्यही भएर यस अबस्थालाई विशेष अवस्थाको रुपमा लिन पर्छ।
• हरेक वर्ष मे २८ तारिकका दिन महिनावारी अन्तराष्ट्रिय सरसफाइ दिवसको रुपमा मनाउने गरिन्छ।
महिनावारी सरसफाइ ब्यवस्थापन कसरी गर्ने
महिनावारी सरसफाइ ब्यवस्थापन भनेको किशोरी तथा महिलाले महिनावारी हुँदा मात्र नभई उनिहरु नियमित रुपमा विद्यालय जान काम गर्ने तथा अन्य क्रियाकालपहरुमा सहभागी हुन सक्षम भएको सुनिश्चित गर्नु हो।
महिनावारी हुनु भनेको कुनै पनि किशोरी गर्भवति हुन सक्ने संकेत हो। यो कुनै किसिमको रोग अर्थात् पाप होइन। तर यसको सही ब्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। यसो नगरेमा विभिन्न किसिमका संक्रमण समेत गराउँछ।
महिनावारी हुँदा विशेष ध्यान दिनुपर्ने कुराहरु
महिनावारी हुँदा सकेसम्म दिनहुँ नुहाउनु पर्छ नुहाँउदा यौनांगलाई सफा गर्न आवश्यक हुन्छ। अन्यथा यौनांगमा संक्रमण हुने तथा चिलाउने आदि हुन सक्छ।
महिनावारी हुदा रगत सोस्नलाई सफा सुतीको कपडा वा सेनिटरी प्याडको प्रयोग गर्नुपर्छ। सफा सुतीको कपडालाई प्याड बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसरी प्रयोग गरिएको सुतीको कपडा परै भिज्नु भन्दा अगाडिने फेर्नुपर्छ।
यो प्याडलाई पुनः प्रयोग गर्न पनि मिल्छ र पुनः प्रयोग गर्नको लागि यसलाई राम्रोसंग साबुन पानीले धोएर घाममा सुकाउनु पर्छ।
बजारमा पाइने प्याडको पनि प्रयोग गर्न सकिन्छ तर यो प्याड एकचोटि प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न हुँदैन र प्रयोग गरिसकेपछि राम्ररोसँग पोको पारेर खाल्डो खनेर पुर्नपर्दछ यसलाई जथाभावी फाल्नु हुँदैन।
महिनावारी हुदाँ प्रयाप्त मात्रामा पोषिलो खानेकुरा खाने र आराम गर्ने र हल्का ब्यायम र नियमित घरायसी कामहरु गर्नपर्छ।
यदि कोही-कसैलाई धेरै रगत बगेमा कमजोरी भएमा ढाड तथा तल्लो पेट निकै नै दुखेमा नजिकैको स्वास्थ्य संस्थामा जानु पर्दछ।
(जोशी बझाङको जयपृथ्वी नगरपालिकामा क्षयरोग संयोजक छिन्)