नवजात शिशु प्रायः अधिकतर समय सुतिरहेका हुन्छन्। सामान्यतया २४ घण्टामा १४ देखि १७ घण्टा सम्म सुत्छन्। जन्मेको पहिलो ६ महिनामा शिशुको आकार र तौल लगभग दोब्बर हुनेछ जसको कारणले उनीहरुलाई धेरै सुत्ने र खाना खानुपर्ने आवश्यकता पर्दछ।
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
नवजात शिशुको पेट सारै सानो हुन्छ जसले गर्दा उनीहरुको पेट चाँडै भरिन्छ। तर हरेक १ देखि ३ घण्टामा खुवाउनुपर्ने हुन्छ।
शिशुको सामान्य सुत्ने र उठ्ने ढाँचा
नवजात शिशुहरू १४–१७ घण्टाको सुताइलाई दिन र रातको सुताइ बीच विभाजन गर्दछन्, तर छोटो समयमा। शिशुहरू प्रायः ३ देखि ६ महिनासम्म लामो समयसम्म सुत्दैनन्। नवजात शिशुहरूको खाना खानको लागि सुत्ने र उठ्ने क्रम परिवर्तन हुँदै जान्छ। शिशु एक पटक डेढ घण्टा देखि ३ घण्टासम्म सुत्न सक्छन् र त्यसपछि भोकले उठ्न सक्छन्।
उनीहरूको डायपर पनि परिवर्तन गरी रहन पर्ने हुन्छ। शिशुको सुत्ने ढांचा हप्ता हप्तामै परिवर्तन हुँदै जान्छ।
अमेरिकी बाल चिकित्सा संघको सिफारिश अनुसार ४ देखि १२ महिना उमेरका शिशुहरूले २४ घण्टामा १२ देखि १६ घण्टा सुत्नुपर्ने हुन्छ।
कति समय सुत्नु धेरै हुन्छ?
यदि तपाईंको शिशु नवजात (३ महिना भन्दा कम) छ भने, उसले २४ घण्टामा कम्तिमा ११ घण्टा र अधिकतम १९ घण्टा सुत्नुपर्छ।
४ देखि ११ महिना उमेरका शिशुहरूले २४ घण्टामा कम्तिमा १० घण्टा र अधिकतम १८ घण्टा सुत्नुपर्छ।
तपाईंलाई कसरी थाहा हुन्छ कि तपाईंको शिशु आलस्यपूर्ण छ?
शिशुहरु जागरूक नै हुँदा पनि यदि अत्यधिक निन्द्रालु देखिन्छन् या थकित जस्तो देखिन्छन् भने उनीहरुशान्त, सुस्त वा झन्झटिलो हुन सक्छन्। उनीहरूलाई तपाईंले उठाउने प्रयास गर्दा पनि प्रतिक्रिया नगर्न सक्छन्।
आलस्यपूर्ण शिशुले खाना खानमा चासो नदेखाउन सक्छन् या थकित भएर खाजा खानको लागि समय लाग्नसक्छ। यसले कहिलेकाहीं रोग वा अपर्याप्त दूधको स्थानान्तरणलाई जनाउन सक्छ।
आलस्यका कारणहरू:
• डिहाइड्रेशन (निर्जलीकरण)
• सही तरिकाले नखुवाउँदा
• रगतमा चिनीको मात्रा कम हुँदा
• अत्यधिक गर्मी
• चिसो हुँदा
• संक्रमण हुँदा
• ज्वरो आउँदा
शिशुहरू विभिन्न कारणहरूले आलस्यपूर्ण हुन सक्छन्। केही धेरै गम्भीर, केही कम गम्भीर। यदि तपाईंको शिशु बढी सुतिरहेको, झन्झटिलो या सामान्यभन्दा कम सजग देखिन्छ भने तुरुन्तै चिकित्सककहाँ सल्लाह गर्न जानुहोस्।
शिशुको सुत्ने र खाने प्रक्रिया
शिशु कति चाँडो उठेर भोकले जाग्नेछन् भन्ने कुरा उनीहरूले के पिए र कति पिए भन्ने कुरामा निर्भर गर्दछ। केही प्रकारका बाहिरी खानेकुरा (फर्मुला) स्तनपानको तुलनामा भारी हुन्छन्। आमाको दूध सजिलै पच्ने भएकालाई स्तनपान गर्नेलाई चाँडो भोक लाग्ने भएका कारण कहिलेकाहीं स्तनपान गर्ने शिशुहरूलाई बारम्बार खुवाउनुपर्ने हुन्छ।
अझै, यदि तपाईंको नवजात शिशु ३०-६० ग्राम भन्दा बढी खाँदैछन् भने, उनीहरू बारम्बार खान चाहंदैनन।
नवजात शिशु सामान्यतया प्रत्येक १ देखि ३ घण्टामा स्वतः उठेर दूध पिउँछन्। यसको कारण उनीहरूको पेटसानो हुन्छ र छिटो भोक लाग्छ।
नवजात शिशु अझै दूध चुस्ने र निल्ने तरिका सिक्दै हुन्छन्, जसका कारण धेरै नवजात शिशुको जन्मको पहिलो हप्ता भित्र तौल घट्छ।
यदि तपाईंको नवजात शिशु जन्मको तौलभन्दा माथि पुगेको छैन भने र ३ घण्टा भन्दा लामो समयसम्म सुतिरहेका छन् भने उनीहरुलाई खुवाएर उठाउन आवश्यक छ।
शिशुलाई सुताउनका लागि केही टिप्स:
केही शिशुहरूलाई सुत्नका लागि मद्दतको आवश्यकता पर्न सक्छ, यद्यपि उनीहरू अत्यधिक थकित हुन्छन्।
यहाँ शिशुलाई सुरक्षित र आरामदायक तरिकाले सुत्न मद्दत पुर्याउने केही सुझावहरु छन्:
१. शिशुलाई सावधानीपूर्वक हल्लाएर सुताउन मद्दत गर्नुहोस्।
२. शिशुलाई सुताउने बेलामा कपडामा बेर्नुहोस् (उनीहरु गुल्टिने अभ्यास गर्न थालेको संकेत देखाउन सुरुनगर्दासम्म मात्र)।
३. शिशुलाई चुस्ने चिल्लो (प्यासिफायर) दिनुहोस्।
४. शिशुलाई उनीहरुको ढाड पछाडि पर्ने गरी सुताउनुहोस्।
५. शिशुको अनुहार कपडा वा कम्बलले ढाकिएको छैन भनेर सुनिश्चित गर्नुहोस्।
६. शिशुको सुत्ने खाट (क्रिब) बाट अतिरिक्त तकिया, कम्बल, र खेलौनाहरू हटाउनुहोस्।
७. शिशुलाई धेरै लुगा नलगाइ दिनुहोस्।
८. शिशुको कोठा धेरै चिसो वा हावाले नभरिएको सुनिश्चित गर्नुहोस्।
९. शिशुलाई शान्त कोठामा सुत्न दिनुहोस्।
१०. कोठामा चम्किलो बत्तीहरु नबाल्नुहोस् ।
११. शिशुको सुत्ने खाट (क्रिब) लाई आफ्नो पलङ्गको छेउमा राख्नुहोस्।
१२. शिशुलाई आफ्नो पलङ्गमा नसुताउनुहोस्।
१३. अन्य बालबालिका एउटै कोठामा सुतिरहेका छैनन् भनेर सुनिश्चित गर्नुहोस्।
-(ऐजेन्सीको सहयोगमा)