काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा रोजगारी खुलाएको छ।
अस्पतालले विभिन्न ६ पदमा ११ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।
अस्पतालले जारी गरेको सूचना अनुसार रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेशी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन र सहायक कम्प्युटर अपरेटरका लागि रोजगारी खुलेको हो।
अस्पतालले करारमा कर्मचारीलाई रोजगारी दिन लागेको हो। अस्पतालले २६ गते जारी गरेको सूचना अनुसार १५ दिन भित्र आवेदन दिन सकिनेछ।
