इनरुवा- जिल्ला अस्पताल सुनसरीमा कार्यरत मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ जना सम्मानित भएका छन्। अस्पताल तथा जिल्ला अस्पताल व्यवस्थापन समितिले १८औं गणतन्त्र दिवशको अवसरमा शनिवार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।
कर्मचारीहरुको सेवा प्रतिकाे लगाव, इमानदारीता र सेवाग्राहीसँगकाे व्यवहार लगायतका मूल्यांकनका आधारमा सम्मान गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ।
सम्मानित हुनेहरुमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नर्सिङ प्रमुख सीता बास्तोला, अनमी ललिता चौधरी ,स्वास्थ्यकर्मी एचऐ उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव, कार्यालय सहयाेगी सुबोध चौधरी,नेपाल प्रहरीका हवलदार सुरेश मंडल र अस्पताल सुरक्षा गार्ड नविन राना मगर ररहेका छन्।
सम्मानितहरुलाई अस्पताल प्रमुख तथा कार्यक्रमका सभापति मेसु डाक्टर अमिताभ ठाकुर, प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समिति महासंघ तथा जिल्ला अस्पताल सुनसरीका अध्यक्ष राजन मेहता ,गाउँ पालिका महासंघ काेशी अध्यक्ष ऐयुव अन्सारी प्रादेशिक प्रदेश अस्पताल सुनसरीका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह,अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मण कार्की, जिल्ला प्रहरी सुनसरीका प्रहरी नायव उपरीक्षक याेगराज खतिवडा लगायतले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए।