काठमाडौं - नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा अजय शाह विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार डा. अजय शाहले ७८२ मतसहित अध्यक्ष पदमा जित हासिल गरेका छन्।
अध्यक्षका अर्का प्रत्यासी डा अच्युत भट्टले ६८० मत मात्रै प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा डा. दिलिप प्रजापतिले ७९२ मत प्राप्त गरी विजयी भए, प्रतिस्पर्धी डा. बिधान श्रेष्ठ ६५८ मतसहित पछ्याए। महासचिव पदमा डा प्रदिप भण्डारीले ७७६ मत ल्याउँदा डा. सिमान्त लामिछाने ६८३ मतसहित दोस्रो भए।
कोषाध्यक्ष पदमा डा. लोकेश वर्मा ८४२ मतसहित विजयी भए, जबकि डा. यष्टिका श्रेष्ठले ५९८ मत प्राप्त गरिन्। सहसचिव पदमा डा. दीपक शर्मा सर्वसम्मत भइसकेका थिए।
सदस्यमा डा. भुमेश काफ्लेले लोकप्रिय मत प्राप्त गरेका छन्। उनले निर्वाचित मध्ये नै सबैभन्दा बढी ९८८ मत पाए। सदस्यमा डा. सिरिश चन्द्र रेग्मीले ९३०, डा. इशु घिमिरेले ७२१, डा. संजय रञ्जितले ६७२, डा. बिजिता मण्डलले ५०२ र डा. जुनीद हसनले ४७३ मत प्राप्त गर्दै विजयी भए।