काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई आर्थिक अनुदान उपल्बध गराउने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटमा उक्त कुरा उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा रहेका अस्पताल तथा संस्थाहरुलाई सरकारले पूर्वाधार निर्माण तथा विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि अनुदान उपलब्ध गराउन लागेको हो।
अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार कीर्तिपुर बर्न अस्पतालको पूर्वाधार विकासका लागि ८ करोड, डा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड, धुलिखेल अस्पताललाई ७ करोड, रण अम्बिका आँखा अस्पताललाई ८ करोड, नेपाल आयुर्वेद चिकित्सक संघलाई ९ लाख, नेपाल चिकित्सक संघलाई ८१ लाख, नेपाल जनस्वास्थ्य संघलाई १३ लाख ५० हजार, निजामती श्रीमती संघलाई २२ लाख ५० हजार, नेपाल नर्सिङ संघलाई १३ लाख ५० हजार रुपैयाँ रहेको छ।