काठमाडौं- काठमाडौँ विश्वविद्यालय अन्तर्गतका काठमान्डौ मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चितवन मेडिकल कलेज (सीएमएसी) र पिपुल्स डेन्ल कलेजले आवासीय चिकित्सकलाई दिनुपर्ने आठौं तह सरहको निर्वाह भत्ताको निर्ण कार्यान्वयन नगरेकोमा चिकित्सा सम्बद्ध संस्थाहरुले आपत्ति जनाएका छन्।
नेपाल चिकित्सक संघ (एनएमए) र राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन्।
नेपाल चिकित्सक संघले ध्यानाकर्षण पत्र पठाएको छ भने राष्ट्रिय चिकित्सक संघ नेपालले आयोगमै पुगेर पत्र बुझाएको छ। राष्ट्रिय चिकित्सक संघ नेपालकी उपाध्यक्ष डा चण्डिका पण्डितको नेतृत्वमा ध्षानाकर्षण पत्र बुझाइएको हो। उनीहरुमाथि अविलम्ब छानविन गर्न एनएमएले माग गरेको छ। आयोगको निर्णयको उल्लंघन गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीको समेत माग एनडीएएनले गरेको छ।
मेडिकल कलेजका एमबीबीएस र पीजीका म्यचिङ प्रकियामा रहेका सिट समेत रोकी, सिट नघट्ने गरि सरकारीमा समायोजन गर्ने व्यवस्था गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय चिकित्सक संघ नेपालकी उपाध्यक्ष डा चण्डिका पण्डित तथा पदाधिकारी

नेपाल चिकित्स संघको पत्र
राष्ट्रिय चिकित्सक संघ नेपालको पत्र