काठमाडौं- स्वास्थ्य बीमा बोर्डको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्यको संयोजकत्वको समितिले काम सुरु गरेको छ। बोर्डका सूचना अधिकारी विकेस मल्ल ठकुरीका अनुसार समितिको पहिलो बैठक बिहिबार बसेको हो।
बैठकले पहिलो दिन विषय प्रवेशका साथै परिचयात्मक कार्यक्रम गरेको छ र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारे छलफल गरेको छ।
जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।
समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधी दिइएको छ। कार्यादेशमा भनिएको छ, 'स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सुविधा थैलीलाई वर्तमान स्वास्थ्य सेवाको आवश्यकता, सेवाको उपलब्धता, तथा सेवा प्रवाहको व्यवहारिक पक्षसँग समायोजन गर्नु अपरिहार्य भएको सन्दर्भमा स्वास्थ्य बीमा बोर्डको सुविधा थैली समायुकुल बनाउन त कार्यदल गठन गरिएको छ । कार्यदलको कार्यविवरण यसै साथ संलग्न गरिएको छ ।