काठमाडौं- एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशनमा स्वास्थ्य क्षेत्रकाले अध्यक्ष र महासचिवमा दाबी गरेका छन्।
अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। उनी एमबीबीएस गरेका चिकित्सक हुन्।
उनका प्रतिस्पर्धीका रुपमा प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै महासचिवमा दीपक धामीले उम्मेदवारी दर्ता गराएका छन्। जो जनस्वास्थ्यकर्मी हुन्। पब्लिक हेल्थ अध्ययनका गरेका उनी संगठनमा प्रभावशाली मध्ये पर्छन्। अध्यक्षकै दाबी गरिरहेका नेतृत्व र निकटस्थहरुको सहमतिका आधारमा महासचिव बन्न तयार भएका हुन्।
महासचिवमै आरके रोमस र सुनिल कँडेलको पनि उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ। उपमहासचिवकी उम्मेदवार प्रेमिका पनि नर्सिङ क्षेत्रकी हुन्।ऽ
खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमल्छ दाबी गरेका छन् । महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईं उम्मेदवारका छन्।
सचिव पदमा धर्मराज तिमिल्सेना, रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको उम्मेदवारी परेको छ।
मतदान बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ।